Section 19C
विशेष अनुसन्धान प्रविधि अवलम्बन गर्न सक्ने
(१) अनुसन्धान अधिकृतले विभागको प्रमुखको प्रत्यक्ष निगरानीमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्न प्रत्यक्ष भुक्तानी प्रविधि (कन्ट्रोल डेलिभरी) तथा सुराकी परिचालन (अण्डरकभर अपरेशन) गर्न सक्नेछ । (२) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा कसूरमा संलग्न रहेको वा सोको शंका गर्नु पर्ने मनासिब आधार भएको व्यक्तिलाई तत्काल पक्राउ गर्नु भन्दा पक्राउ नगर्दा कसूर तथा कसूरदारका सम्बन्धमा थप प्रमाण तथा सूचना हासिल हुन सक्ने देखिएमा र सो गर्दा कसूरमा संलग्न रहेको वा सोको शंका गर्नु पर्ने मनासिब आधार भएको व्यक्ति भागी जाने सम्भावना न्यून रहेको कुराको प्रतिवेदन अनुसन्धान अधिकृतबाट प्राप्त भई सो कुरामा विभागको प्रमुख सन्तुष्ट भएमा निजले त्यस्तो व्यक्तिलाई तत्काल पक्राउ नगरी निजको गोप्य निगरानी मात्र गर्न सक्ने गरी आदेश दिन सक्नेछ । (३) यस दफा बमोजिम अवलम्वन गरिने विशेष अनुसन्धान प्रविधि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।